नेपाल स्रष्टा समाजले कवि श्रीहरि फुयाँल र हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेललाई सम्मान गर्ने 

 काठमाडौंः नेपाल स्रष्टा समाजले दुई स्रष्टालाई सम्मान प्रदान गर्ने भएको छ । 

स्रष्टा समाजले एक विज्ञप्ती जारी गर्दै यस वर्षको सुभद्रा विश्वराज स्रष्टा सम्मान वरिष्ठ कवि श्रीहरि फुयाँल र रमेशगङ्गा स्रष्टा सम्मान वरिष्ठ हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेललाई प्रदान गरिने जनाइएको छ । दुवै सम्मानको राशि रु २१,१११। रहेको छ । 

नेपाल स्रष्टा समाजका अध्यक्षको अध्यक्षतामा माघ ८ गते बसेको बैठकले सो निर्णय गरेको हो ।

वरिष्ठ कवि तथा समाजका पूर्व अध्यक्ष विधान आचार्यले आफ्रना पितामाताको नाममा स्थापना गरेको सुभद्रा विश्वराज स्रष्टा सम्मानबाट कवि रमेशचन्द्र देवकोटा, नारायणदक्त शास्त्री, घनश्याम कँडेल, रमेश खकुरेल र भुवनहरि सिग्द्येल सम्मानित भइसकेकाछन् ।

बागमती प्रदेशका सांसद तथा राष्ठ्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.दिनेशचन्द्र देवकोटालगायतले स्थापना गरेको रमेशगङ्गा स्रष्टा सम्मानबाट साहित्यकार जनार्दनशरण त्रिपाठी र प्रा डा वासुदेव त्रिपाठी सम्मानित भइसकेका छन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै