काठमाडौंः रुबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
बाँकेकी निर्मला कुर्मी र र नकुन्नी धोवीको मृत्यु प्रकरणका दोषीलाई कारबाही गरी पीडितलाई उचित न्याय दिनमाग गर्दै माइतीघरबाट र्यालीसहित बबरमहलतर्फ अघि बढिरहेको सो समूहलाई प्रहरीले पक्राउ गरेको हो।
अधिकारकर्मीको टोली बबरमहलस्थित जिल्ला अदालत अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेका बेला प्रहरीले पक्राउ परेको हो ।
उनीहरुले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन् ।
प्रतिक्रिया थप्नुहोस्