बहुदरमाईले मधेस विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने

सप्तरीः मधेस विश्वविद्यालय सञ्चालनका लागि पर्साको बहुदरमाई नगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ । 

बहुदरमाई –२ स्थित पिपराटोलमा भएको सर्वदलीय सर्वपक्षीय बैठकमा नगरपालिकासंग विश्वविद्यालयलाई  जग्गा उपलब्ध गराउने सहमति भएको विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले जानकारी दिए ।उनका अनुसार नगरपालिकाले २५ देखि ३० बिघा क्षेत्रफल जग्गा विश्वविद्यालयलाई  उपलब्ध गराउने छ ।  

बहुदरमाई नगरपालिकाका प्रमुख सिङ्गासन साह तेलीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकबाट मधेस विश्वविद्यालयको शाखा सञ्चालनका लागि जग्गा उपलब्ध सहमति भएको सो नगरपालिका वडा नं २ का वडाध्यक्ष जितेन्द्र पटेलले जानकारी दिए ।

यसअघि पर्साको पकाहा मैनपुर गाउँपालिका–२ स्थित श्रीराम जानकी मन्दिरको जग्गामा मधेस विश्वविद्यालयको एउटा शाखा राख्नुपर्ने माग त्यहाँका युवाहरूले गरेका थिए । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै