काठमाडौंः ‘हाम्रो स्वास्थ साझा सरोकार अभियान’ ले महिला बन्दिहरुका लागि महिनावारी सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ ।
मंगलबार ‘हाम्रो स्वास्थ साझा सरोकार अभियान’ अभियान्ताहरुले समृद्धि फाउण्डेशन र जे.सी आई काठमाडौंको सहकार्यमा सुन्धरास्थित केन्द्रीय कारागारमा पुगेर महिला बन्दिहरुका लागि स्वच्छ महिनावारीको बिषयमा जानकारी गराउनका साथै पुन प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड बनाउने तरीकाबारे सिकाएको हाे । समृद्धि फाउण्डेशन र जे.सी आई काठमाडौंले भने पुन प्रयोग गर्न नमिल्ने स्यानिटरी प्याड वितरण गरेकाे थियाे ।
विगत ५ बर्ष देखि नेपालको बिभिन्न जिल्लामा महिनावारी सम्बन्धी तालिम दिदैँ आएको उक्त अभियानले निशुल्क प्याड समेत वितरण गर्दै आएको छ । यस अभियानले हाल सम्म १ हजार भन्दा बढि महिलालाई यस्तो तालिम प्रदान गरेको अभियानकी संयोजक राज्यलक्ष्मी श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार अभियानले महिलाको स्वस्थसँग सम्बन्धित हेल्थ क्याम्प,अन्तरक्रिया, सचेतनामूलक जस्ता कार्यक्रम गर्दै आएको छ ।
नेपाली समाजमा महिनावारीलाई गलत रुपमा व्याख्या गर्ने प्रचलन कायमै रहेको भन्दै यस अभियानले गलत सोचाइको अन्त्य गर्दै सचेतना प्रदान गरिरहेको अभियानकी संरक्षक तथा सामाजिक अभियान्ता अनुपा क्षेष्ठले बताइन् । उनले महिनावारी हुँदा स्यानिटरी प्याड लगायतका सामानको गलत प्रयोगले पनि महिलाहरुमा थप स्वास्थ्य समस्या आउने गरेको बताउँदै अभियानले यसबारे सचेत गराउने काम गरेको स्पष्ट पारिन् ।
प्रतिक्रिया थप्नुहोस्