बाजुराः बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
आज दिउँसो २ बजेर ४३ मिनेटमा ५.९ रेक्टर स्केलको भूकम्प गएको सुर्खेतस्थित भूकम्पमापन केन्द्रका सूचना अधिकारी तीर्थराज दाहालले जानकारी दिए ।
सुदूरपश्चिमका जिल्लामा भूकम्पको ठूलो झट्का महसुस गरिएको थियो । भने काठमाडौं र भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ ।
भूकम्प गएपछि सुदूरपश्चिमका पहाडी जिल्लामा मानिसहरु घर बाहिर निस्केका छन् ।
भूकम्पको धक्काबाट पुगेको क्षतिको विवरण आउन बाँकी छ ।
प्रतिक्रिया थप्नुहोस्