नेप्से बढ्दा कारोबार घट्यो,सानिमा इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौंः साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । 

आज नेप्से परिसूचक ८.१४ अंक बढेर २१७३.२४ अंकमा बन्द भएको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ इण्डेक्स ०.५० अंक बढेको छ।

आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। यस दिन  ८३ लाख कित्ता सेयर ३ अर्ब ३२ लाख ३० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। हिजो करिब ४ करोडको सेयर खरिदबिक्री भएको थियो । 

कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.५१ अंक बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक २.१० प्रतिशत घटेको छ। बैंकिङ्ग, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको छ।

सानिमा जिआईसी इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन सूर्योदय लघुवित्त र शिवश्री हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयरमूल्य यस दिन सर्वाधिक ५.४८ प्रतिशत घटेको छ। त्यस्तै, एनएमबि हाइब्रिड फण्ड एल १ को इकाईमूल्य ५ प्रतशितभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन करिब १३ करोडको सेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन शिवश्री हाइड्रोपावरको १० करोडभन्दा बढीको सेयर किनबेच भएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै