रुकुमः रुकुम (पूर्व) को हिमाली भेगमा हिमपात भएको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली भेगमा गए रातिदेखि हिमपात भएको हो।     पुथा उत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र तथा भूमे गाउँपालिका–१ र सिस्ने गाउँपालिका–१ वडामा अहिले हिमपात भइरहेको छ । 

विगत वर्षामा यो समयमा चौथो, पाँचौँ पटकसम्म हिमपात भइसक्थ्यो । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम (पूर्व) मा यस वर्ष भने माघको १० गते पहिलो पटक हिमपात भएको हो । 

हिमपात भएपछि चिसो निकै बढेको छ । चिसोका कारण जनजीवन कष्टकर बनेको पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटका तेजकुमार गुरुङले जानकारी दिए। जिल्लाको तल्लो क्षेत्रमा पनि हिमपात भइरहेको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै