काठमाडौंः नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि एक जनाले आत्मदाह गर्ने प्रयास गरेका छन् ।
मंगलबार दिउँसो बानेश्वरबाट तीनकुने मार्गको मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल छर्किएर आफैंलाई आगो लगाएका हुन् ।
उनले आगो लगाउँदै गरेको अवस्थामा प्रहरीको टोलीले फेला पारी उनको उद्धार गरेको थियो। हाल उनको कीर्तपुर अस्पतालमा उपचार भइरहेको छ। उनले आत्मदाह गर्न खोज्नुको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया थप्नुहोस्