काठमाडौंः साहित्यकार डा. दामोदर पुडासैनी किशोरलाई यस वर्षको पवन आलोक नियात्रा पुरस्कार प्रदान गरिएको छ। रेखा कँडेलद्वारा संस्थापित उक्त पुरस्कार डा.पुडासैनीको नियात्रा संग्रह ग्रीष्मको नीलो बतासलाई प्रदान गरिएको हो ।
नियात्रा समाज नेपालद्वारा बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा डा.पुडासैनीलाई २५ हजार नगदसहित दोसल्ला ,शिरपोस र सम्मानपत्र समेत प्रदान गरिएको हो । वि.स २०७८ मा प्रकाशित कृतिहरू मध्ये डा. पुडासैनीको ग्रीष्मको नीलो बतास सर्वोत्कृष्ट ठहरिएकोले उनलाई पुरस्कृत गरिएको हो ।
कार्यक्रममा डा. दामोदर पुडासैनीलाई प्रमुख अतिथि धनश्याम राजकर्णीकारले सम्मान पत्र अर्पण गरेका थिए भने नियात्राकार पवन आलोकले नगद रु २५ हजार र दोसल्ला अर्पण गरेका थिए । सभाध्यक्ष प्रतीक ढकालले पवन आलोक पुरस्कार अँकित विशेष टोपि सहित सम्मान गरेका थिए ।
कार्यक्रममा उपस्थित वक्ताहरुले डा. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास जस्तो सर्वोत्कृष्ट नियात्रा कृतिले पुरस्कार पाऊँदा नियात्रा समाज नेपाल र पुरस्कार संस्थापक दुबैको गरिमा बढेको धारणा राखेका थिए ।
कार्यक्रमका बक्ताहरू श्रीओम श्रेष्ठ,महेश पौडेल,जय छाड्छा,मोहन चापागाईँ,चन्द्रप्रसाद भट्टराई र प्रतीक ढकालले डा.पुडासैनीले नियात्रा साहित्यलाई विशेष उचाईमा पुर्याएको बताए ।
नियात्राको नाममा सपाट बयान र ब्यक्तिगत कुण्ठालेख्नेहरूको भीडलाई पन्छाउँदै डा.पुडासैनीले नियात्रालाई नवीन शैली र बिषयको माध्यमद्वारा बिशेष स्थान कायम गरेको धारणा समेत उनीहरूले व्यक्त गरेका थिए ।
प्रकाशनको दुई महिना अबधिमै अत्यन्त चर्चामा रहेको डोल्पो! ओ डोल्पो! सर्वाधिक बिक्रीको सूचिमा स्थान जमाउन समेत सफल भएको छ ।
प्रतिक्रिया थप्नुहोस्