काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ ।
प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । उनीहरुबीच नयाँ गृहमन्त्री र राष्ट्रपतिको निर्वाचन लगायतका समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सर्वोच्च अदालतले शुक्रबार रवि लामिछानेलाई गैरनागरिक ठहर गरेछि गृहमन्त्री पद रिक्त छ । लामिछानेले सर्वोच्चको फैसलासँगै उपप्रधान तथा गृहमन्त्रीबाट शुक्रबार नै राजीनामा दिएका थिए । आज उनले नागरिकता पुनः प्राप्ति गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीमा दाबी गर्ने बताएका थिए ।
यस्तै बैठकमा फागुन २८ भित्र हुने राष्ट्रपति निर्वाचनका सन्दर्भमा पनि छलफल भएको छ । पछिल्लो समय राष्ट्रपति निर्वाचनको विषय पनि पेचिलो बन्दै गइरहेको छ । प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति कायम गर्ने प्रस्ताव गरेका छन् भने ओली त्यसमा तयार छैनन् । ओलीले राष्ट्रपतिमा एमालेको उम्मेदवारमा मात्र राष्ट्रिय सहमति हुन सक्ने बताएका छन् ।
प्रतिक्रिया थप्नुहोस्