रास्वपाको सभापतिमा रवि लामिछाने ,गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने चयन भएका छन् । 

रास्वपा केन्द्रीय समिति बैठकले सभापतिमा लामिछानेलाई पुनःचयन गरेको हो। 

नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलापछि शुक्रबार लामिछानेले पार्टी सभापतिको गुमाएका थिए । उनले आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गएर नागरिकता दि लगत्तै बसेको पार्टी बैठकले उनलाई पुनः पार्टी सभापति घोषणा गरेको रास्वपा प्रवक्ता मुकुल ढकालले बताए ।

लामिछाने पदमुक्त भएपछि पार्टीको आकस्मिक बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो । 

रास्वपाले लामिछानेलाई फेरि गृह मन्त्रीकै रुपमा पठाउने तयारी गरेको छ ।गृह मन्त्रालय नपाए आफूहरु सरकारबाट बाहिरिने तयारीमा रहेको रास्वपाका एक नेताले बताए ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै