रन्जना निरौलाको कवितासंग्रह ‘द रिदम अफ पेन’ लोकार्पण

काठमाडौंः साहित्यकार रन्जना निरौलाको नयाँ कवितासंग्रह ‘द रिदम अफ पेन’ लोकार्पण गरिएको छ । 

भारतको भुवनेस्वरस्थित स्वस्त्ति होटेलमा भएको कलिंग साहित्य महोत्सवको अवसरमा उक्त पुस्तक लोकार्पण गरिएको थियो।  कलिंग साहित्य महोत्सवका निर्देशक रश्मि रन्जन पारिदा, हिमान्सु शेखर, गितिका कोहली, कस्तुरिका तथा  नेपालका वरिष्ठ साहित्यकारहरु तुलसी दिवस, दिनेश अधिकारी र रन्जना निरौलाले सामुहिक रुपमा कवितासंग्रहको विमोचन गरेका थिए ।

कविताका बारेमा गीतिका कोहली, कस्तुरिका, दिनेश अधिकारी र तुलसी दिवसले बोलेका थिए ।  वितास्ता पब्लिकेसन दिल्लीबाट प्रकाशित अंग्रेजी भाषामा लेखिएको निरौलाको नयाँ कवितासंग्रह ‘द रिदम अफ पेन’ अमाजन इंडिया र फ्लिप्कार्ट अनलाइनमा उपलब्ध छ । उक्त महोत्सवमा नेपालबाट सहभागी साहित्यकार रञ्जना निरौला र सुमित शर्मालाई ओडिसाका गभर्नर प्रोफेसर गनेशी लाल, पद्म विभुषण शिताकान्त महापात्र तथा वरिष्ठ कवि तुलसी दिवसद्वारा बुक अवार्ड प्रदान गरिएको थियो ।   

कवितासंग्रह ‘द रिदम अफ पेन’ को मूल्य १९९ भारु रहेको छ ।  

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै