स्ववियु निर्वाचन उम्मेदवार माथिको आज दाबी विरोध

काठमाडौं: त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तरगत आइतबार उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने कार्यक्रम रहेको छ ।  बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सो समय तोकिएको त्रिविले जनाएको छ । 

यसैगरी उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि आजै बेलुका ५ बजे नामावली प्रकाशन गर्ने, फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ । 

स्ववियु निर्वाचन आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । निर्वाचनमा देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने त्रिविले जनाएको छ ।

निर्वाचनका लागि देशभरका क्याम्पसमा शनिबार उम्मेदवारी भएको थियो । सो क्रममा केही क्याम्पसमा विवाद समेत भएका थिए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै