ताप्लेजुङ– नेपाल शिक्षक सङ्घ ताप्लेजुङको अध्यक्ष पदमा रामप्रसाद (लाबुङ) लिम्बू चयन भएका छन् । गए राति सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट लिम्बूको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । उपाध्यक्षमा भक्तबहादुर लिम्बू, महिला उपाध्यक्षमा रीता सेनेहाङ, सचिवमा चन्द्रमणि पौडेल रहेका छन् ।
यस्तै सचिवमा विजयकुमार थापा र सहसचिवमा अनिल बानियाँ रहेका छन्। महिला सहसचिवमा एलिसा केदेम, अर्थ सहसचिवमा देवीमाया थापा, समावेशी सहसचिवमा दिलेन्द्र गुरुङ र भीमकुमार लिम्बू सर्वसम्मत चयन भएका हुन्।
प्रदेश प्रतिनिधिमा छजना र सङ्घीय प्रतिनिधिमा दुई महिलासहित छ जना नै चयन भएको शिक्षक सङ्घका प्रदेश प्रतिनिधि ज्ञानु घिमिरेले जानकारी दिए। उनका अनुसार राति अबेर सकिएको अधिवेशनमा जिल्लाभरबाट सात सय १७ शिक्षक प्रतिनिधि सहभागी थिए । कोभिडलगायतका कारण छ वर्षपछि जिल्ला अधिवेशन भएको हो । नेपाली कांग्रेस ताप्लेजुङ सभापति गजेन्द्रप्रसाद तुम्याहाङले शुक्रबार अधिवेशनको उद्घाटन गरेका थिए ।
प्रतिक्रिया थप्नुहोस्