सापसबाट पुस्तक सम्पादकहरु सम्मानित र पुरस्कृत हुँदै 

काठमाडौंः साहित्यिक पत्रकार संघको स्थापनाको ५० वर्षका अवसरमा संघको स्वर्ण महोत्सवको अवसरमा पुस्तक सम्पादनमा योगदान पुर्‍याएका दुई जना सम्पादकलाई सम्मानित र पुस्तक सम्पादनमा उल्लेख्य योगदान दिएका दुई जना सम्पादकलाई पुरस्कृत गरिने छ । 

सम्मानतर्फ ‘सापस स्वर्ण महोत्सव सम्पादन विशिष्ट सम्मान–२०७९’बाट अग्रज पुस्तक सम्पादक प्रा।डा। लक्ष्मणप्रसाद गौतमलाई सम्मानित गरिने छ । सोही कार्यक्रममा ‘सापस स्वर्ण महोत्सव सम्पादन सम्मान–२०७९’बाट शारदा मासिकका सम्पादक विमल भौकाजीलाई सम्मानित गरिने छ । 

यसैगरी नगद ११ हजार १ सय रुपैयाँ राशीसहितको ‘सापस स्वर्ण महोत्सव सम्पादन पुरस्कार–२०७९’बाट कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक तथा विभिन्न पुस्तकका सम्पादक पारश प्रकाश नेपाललाई पुरस्कृत गरिने छ । 

यसैगरी ५ हजार ५ सय रुपैयाँ राशीको ‘सापस स्वर्ण महोत्सव सम्पादन प्रतिभा पुरस्कार–२०७९’बाट पुस्तक सम्पादक तथा सञ्चारकर्मी रोयल आचार्यलाई पुरस्कृत गरिने छ । 

पुस्तक सम्पादकलाई सम्मान र पुरस्कारको घोषणा  सम्भवत यो पहिलो निर्णय हो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै