काठमाडौंः नेपाली बजारमा फेरी सुनको मूल्य रेकर्ड नजिक पुगेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेसँगै नयाँ रेकर्ड नजिक पुगेको हो ।
आज छापावाला सुन प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन प्राितोला १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज तेजावी सुनप्रतितोला १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि माघ १९ गते सुनको मूल्य हालसम्मकै उच्च भएको थियो । उक्त दिन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
विश्व आर्थिक मन्दीको हल्ला चल्न थालेसँगै लगानीकर्ताले सुनचाँदी जम्मा गर्न लागेका छन् । जसका कारण सुन चाँदीकोे माग बढ्दा मूल्य बढेको विश्लेषकहरुले बताएका छन् ।
प्रतिक्रिया थप्नुहोस्