काठमाडौंः नेपाल स्टक एक्चेन्ज (नेप्से) पुगेका ३ जना लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पुँजीबजार सुधारसम्बन्धी ५८ बुँदे सुझाव प्रतिवेदनको माग राख्दै नेप्से पुगेका तिलक कोइराला,नयन बास्तोला, अर्जुन प्रसाद कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
निषेधित क्षेत्रमा धर्ना दिएको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रण लिएको हो । उनीहरुलाई प्रहरी बृत अनामनगरमा राखिएको छ ।
प्रतिक्रिया थप्नुहोस्