काठमाडौंः काठमाडौं उपत्यकाको हावा अस्वस्थकर बनेको छ ।

काठमाडौंका मुख्य चहलपहल हुने स्थानको हावामा प्रदूषणको मात्रा १५० यूएस एक्यूआईभन्दा बढी देखिएको वायु प्रदूषण सूचकांक (एक्यूआई)ले जनाएको छ ।

सोमबार बिहान १२ः४५ बजे काठमाडौंको महाराजगञ्ज क्षेत्रको वायु प्रदूषणको मात्रा १७६ यूएस एक्यूआई छ । त्यस्तै, अमेरिकन एम्बेसी अगाडिको मापनयन्त्रले १६१ यूएस आईक्यू देखाएको छ भने कालीमाटी, कीर्तिपुर, बालकोटलगायतको क्षेत्रको प्रदूषणको मात्रा १५० भन्दा बढी देखिएको आईक्यू एयरले जनाएको छ ।

एक्यूआई सूचकाङ्क सयदेखि एक सय ५० सम्म पुग्दा बालबालिका तथा वृद्ध र श्वासप्रश्वाससम्बन्धी रोगीलाई अस्वस्थकर तथा एक सय ५० भन्दामाथि एक्युआइ पुग्नु सबैका लागि अस्वस्थकर मानिन्छ । सामान्यतया शून्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ ।

उक्त सूचकाङ्कअनुसार एक सय ५० भन्दामाथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ । अस्वस्थकर वायुले मानिसको स्वास्थ्यमा असर पार्छ । सबै उमेर समूहका मानिसको स्वास्थ्यमा जोखिम बढेको र विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई थप जोखिम हुने भएकाले सतर्कता अपनाउन विज्ञले आग्रह गर्दै आएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले वाग्मती प्रदेशका विभिन्न जिल्लामा आजदेखि हल्का वर्षा हुने जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै