काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आठदलीय गठबन्धन पाँच वर्षसम्म नटुट्ने दाबी गरेका छन् । 

शुक्रबार संघीय संसद् भवन बानेश्वरमा उपराष्ट्रपति निर्वाचनमा मतदान सकेपश्चात् बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै देउवाले वर्तमान गठबन्धन पाँच वर्षसम्म
टिक्ने दाबी गरेका हुन् । 

सत्ताका लागि गठबन्धन बनाउने र तोड्ने क्रम चलिरहेका बेला देउवाले आठदलीय गठबन्धनबारे यस्तो भविष्यवाणी गरेका हुन् । 

मतदान सकेपश्चात् बाहिरिने क्रममा देउवाले  उपराष्ट्रपतिका लागि पदका उम्मेदवार अष्टलक्ष्मी शाक्यसँग भलाकुसारी समेत गरेका थिए । 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै