सबैभन्दा धेरै ओखलढुङ्गामा वर्षा,काठमाडौंमा चिसो महसुस  

 काठमाडौंः  हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । 

भोलि आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भावका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

काठमाडौंमा आज अपराह्न हल्कादेखि मध्यम वर्षा भएको छ । प्रि– मनसुनी वर्षाले उपत्यकामा केही चिसो महसुस भएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौंमा तीन मिलीमिटर वर्षा मापन गरिएको छ । 

आज सबैभन्दा धेरै ओखलढुङ्गामा १० मिलीमिटर वर्षा भएको छ । ताप्लेजुङमा दुई, भैरहवामा तीन, नेपालगन्जमा दुई र धनगढीमा एक मिलीमिटर वर्षा भएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम १० दशमलव पाँच र अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै