विराटनगरः विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका जसवन्त पौडेल विजयी भएका छन् ।
अखिल (क्रान्तिकारी) का रोहित यादवलाई पराजित गर्दै पौडेल सभापतिमा निर्वाचित भएका हुन् ।
पौडेलले १ हजार ६८९ मत प्राप्त गर्दा यादवले ७८४ मत ल्याए । सभापतिका अर्का उम्मेदवार अनेरास्ववियुका नवीन पहाडीले ५९२ मत प्राप्त गरे ।
स्ववियु सचिवमा अनेरास्ववियुका सनिम ठकुरी ९३७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेविसंघकी पूजा विश्वासले ७८६ मत प्राप्त गरिन् । अखिल (क्रान्तिकारी)की आशिका लम्सालले ५१५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
कोषाध्यक्षमा नेविसंघकै स्वस्तिक बोहोरा ११४३ मत ल्याएर विजयी भएका छन् । सोही पदमा अनेरास्ववियुका आरोग्य थापाले ९०२ र समाजवादी विद्यार्थी युनियनका राकेश यादवले ७३५ प्राप्त गरे ।
स्ववियु सदस्यमा नेविसंघका अमित मुखिया, दिपकुमार यादव, प्रज्वल विष्ट, मो।साहिल अन्सारी, सुरक्षा थापा मगर र अनेरास्ववियुका मन्दिप पोखरेल तथा केवल काफ्ले विजयी भएका छन् ।
प्रतिक्रिया थप्नुहोस्