फाइल तस्बिर

काठमाडौंः राष्ट्रियसभाको बैठक आज बस्दैछ ।

दिउँसो १ बजेका बस्ने बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ । 

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आस्वासन समितिको ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन ०७८र७९’ पेस गर्ने सम्भासति कार्यसूची रहेको छ । 

दलित समुदायका विभेद र उत्पीडनहरूको अन्त्य गरी सामाजिक–सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।  

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै