डाउन सिण्ड्रोम भएका बालबालिकाकाे सम्भावनाहरूको उजागर

काठमाडाैंः “हामीसँग हाम्रो लागि होइन” भन्ने नाराका साथ नेपालमा पनि विश्व डाउन सिण्ड्रोम दिवस–२०२३ मनाइएकाे छ। हरेक वर्ष मार्च २१ लाई विश्व डाउन सिण्ड्रोम दिवस रूपमा विश्वभरि नै मनाइन्छ । डाउन सिण्ड्रोम दिवसको अवसर पारेर डाउन सिण्ड्रोम समाज,नेपालले राजधानीमा डाउन सिण्ड्रोम भएका बालबालिकाहरूको जिविकोपार्जन तथा समावेशी शिक्षाको सम्भावनाहरू उजागर गर्नका लागि २ दिने भव्य समारोहको आयोजना गरेको छ । डाउन सिण्ड्रोम भएका बालबालिकाहरूलाई सिकाईमा केही बढी समय लाग्ने भएता पनि उनीहरू “सिक्न र गर्न सक्छन्” भन्ने विभिन्न उदाहरणहरू प्रश्तुत गरेर सम्भावनाहरूको उजागर गरिएको थियो । 

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न व्यक्तित्वहरूले आफ्नो प्रश्तुतीपत्र प्रश्तुत गहुँदै डाउन सिण्ड्रोम लगायतका अपाङ्गता भएका बालबालिकाहरूका लागि समावेशी शिक्षा तथा उनीहरूको जिविकोपार्जनका लागि के–कस्ता सम्भावना,अवसर,समस्या तथा चुनौतीहरू रहेका छन् भन्ने बारेमा स्पष्ट पार्नु हुँदै आफ्ना भोगाईका अनुभवहरू पनि सुनाएका थिए यसै अवसरमा डाउन सिण्ड्रोम भएका बालबालिकाहरूले के–कसरी तालिम प्राप्त गरी हाल रोजगारी समेत गरिरहेका छन् भन्ने उदाहरणहरू प्रश्तुत गरिएको थियो भने समापन समारोहमा उनीहरूले राष्ट्रियगान तथा विभिन्न नृत्यहरू उत्साहजनक रूपमा प्रश्तुत गरे । जसले “अवसर दिँदा र हामीसँगै रहँदा” हामी पनि “सिक्न र गर्न सक्छौं” भन्ने समेत सन्देश प्रवाह गरेको थियो ।

 समारोहलाई संवोधन गदै डाउन सिण्ड्रोम समाज,नेपालकी अध्यक्ष,शिला थापाले सन् २०१० मा डाउन सिण्ड्रोम भएका बालबालिकाहरूको अभिभावकहरूले यस समाजको स्थापना गरि डाउन सिण्ड्रोम भएका बालबालिकाहरूलाई दैनिक क्रियाकलापहरू तथा जिवनोपयोगी शिपहरू सिकाउँनका लागि दिवा सेवा केन्द्र सञ्चालन गदै आएको र सबैलाई एकजुट पारेर उनीहरूको अधिकारका लागि आवाज समेत उठाईरहेको जानकारी दिइन् । 

यसका साथै डाउन सिण्ड्रोम भएका बालबालिकाहरूको शिक्षा तथा रोजगारका लागि सबै वर्ग तथा क्षेत्रबाट आवाज उठाउनु पर्ने टड्कारो आवश्यकता रहेको र सरकारले यस क्षेत्रमा विशेष ध्यान दिँदै उनीहरूको विकासका लागि आवश्यक लगानी गर्नुपर्ने बताइन्। यसै गरि समारोहमा उपस्थित सबै वक्ताहरूले डाउन सिण्ड्रोम भएका बालबालिकाहरूलाई आवश्यक शिक्षा, तालिम तथा रोजगारीका लागि सरकारले तत्कालै कदम चाल्नुपर्नेमा जोड दिएका थिए ।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै