चन्द्रागिरिमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु 

काठमाडौंः काठमाडौं चन्द्रागिरि नगरपालिका–११, सिप्रदीमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । 

गए राति करिब १२ बजे सडकछेउमा रोकिराखेको ना ७ ख ५७१२ नम्बरको ट्रकमा नागढुंगाबाट थानकोटतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१०प ३२१७ नम्बरको स्कुटर ठोक्किएको थियो । 

दुर्घटनामा स्कुटर चालक बागलुङका अन्दाजी २३ वर्षीय किरण केसीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै सवारीसाधनसहित ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै