नेपाल टेलिकमको भोल्टेमा समस्या, सेवाग्राही समस्यामा

काठमाडौंः नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या आएको छ । 

नेपाल टेलिकमको फोर जी नेटवर्कबाट हुने टेलिफोन सेवा भ्वाइस ओभर एलटीई (भोल्टे) मा समस्या आएपछि सेवाग्राहीहरू समस्यामा परेका हुन् । 

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले बुधबार बिहान करिब पौने दशबजेदेखि भोल्टे सेवामा समस्या आएको बताए।  

 ‘टुजी, थ्रीजी, फोरजीमा समस्या छैन तर भीओएलटीईको कोरमा केही समस्या देखिंदा फोन नलाग्ने समस्या देखिएको छ, हामी समाधानको प्रयास गरिरहेका छौं,’ अधिकारीले भने ।

मोबाइलमा भोल्टे चलाइरहेकाहरुकोमा मात्र यसबाट प्रभावित भएको अधिकारीको भनाइ छ । भोल्टेको फोन कलमा समस्या आए पनि फोर जी डाटा नेटवर्कमा भने समस्या नरहेको उनले बताए । भोल्टेमा समस्या आउँदा यसमा आधारित पोस्टपेड तथा प्रिपेड दुवै किसिमका सेवाग्राही फोन नलाग्ने समस्यामा परेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै