काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य १ लाख ७ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो
यस्तै, आज तेजावी सुनको मूल्य पनि प्रतितोला २ हजार रुपैयाँले नै घटेर प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोलामा १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाली बजारमा आइताबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थियो । उक्त दिन प्रतितोला २ हजारले बढेर १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया थप्नुहोस्