काठमाडौंः लुम्बिनी प्रदेशसभाका स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा (माओवादी केन्द्र) रोजेका छन् । उनले मङ्गलबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै माओवादी केन्द्र रोजेको बताएका हुन।
पुन रुकुमपूर्वको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका हुन्। तत्कालीन गठबन्धनका साझा उम्मेदवार तेजबहादुर वलीलाई हराउँदै उनी विजयी भएका हुन्। पुनले माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी पुनः माओवादी केन्द्रमै फर्किएका छन्।
यसअघि रोल्पाबाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्र पुनले पनि माओवादी केन्द्र रोजेका थिए। उनले पनि गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका हुन् । पुनले गठबन्धनका उम्मेदवार कांग्रेसका अमर पुनलाई हराएका थिए। यो सँगै लुम्बिनीमा माओवादी केन्द्रका प्रदेशसभा सदस्यको सङ्ख्या ११ पुगेको छ ।
प्रतिक्रिया थप्नुहोस्