काठमाडौंः सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा बुधबार आईपीओ बाँडफाँट भएको हो ।
४ लाख २४ हजार ८९३ जनाले ४२ लाख ४८ हजार ९३८ कित्ता प्राप्त गरेका हुन् । जसमध्ये ८ जनाले थप एक–एक कित्ता आईपीओ प्राप्त गरेका छन् ।
आईपीओको रिजल्ट सिडिएस एण्ड क्लियरिङको आईपीओ रिजल्ट वेबसाइट र मेगा क्यापिटल मार्केटस् लिमिटेडबाट हेर्न सकिनेछ ।
कम्पनीले चैत २६ गते ४२ लाख ४८ हजार ९३८ कित्ता आईपीओ निष्कासन गरेको थियो ।
प्रतिक्रिया थप्नुहोस्