नेकपा (एकीकृत समाजवादी)का नेता केदार न्यौपानेलाई पार्टीले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
न्यौपानेले केही समययता नेकपा एमालेसहितको एकता हुनुपर्ने धारणा राख्दै आएका छन् । उनी माथि पार्टीले फेसबुकमा पार्टी विरोधी जथाभावी स्ट्याटस लेखेको र कार्यकर्ता भड्काएको आरोपमा लगाइएको छ ।यसै सन्दर्भमा खुलामञ्चले नेता न्यौपानेसंग छोटो टेलिफोन वार्ता गरेको छ । प्रस्तुत छ , उक्त वार्ता
पार्टीले तपाईँलाई किन स्पष्टीकरण गरेको होला ?
यो प्रश्न स्पष्टीकरणलाई गर्नु पर्छ । कमजोरहरुले यस्तै काम गर्छन् । माधव नेपालले नृतृत्व गरेको एकीकृत समाजवादीलाई जनताले मंसिर ४ मा स्पष्टीकरण सोधेका छन् । अब मलाई उहाँहरुले स्पष्टीकरण सोध्नुको के अर्थ ?
स्पष्टीकरणका बारेमा अब के गर्नु हुन्छ ?
यस्ता स्पष्टीकरण धेरै सोधियो। पहिले स्पष्टीकरण सोध्नेहरु कहाँ पुगिसके । मलाई केही फरक पर्दैन ।आमनिर्वाचनमा थे्रस होल्ड पनि सुरक्षित राख्न नसक्नेले स्पष्टीकरण सोध्ने ?
तपाई पनि समाजवादीको जिम्मेवार नेता हो नि , होइन ?
म पार्टी र देशप्रति जिम्मेवार छु । कुनै नेताप्रति होइन । का बारेमा पार्टी नेतृत्वका कारण चुनावको परिणाम यस्तो आएको हो ।
तपाईं एमाले प्रवेश गर्ने तयारीमा हुनुहुन्छ ?
एमालेमा प्रवेश गर्ने नगर्ने पछिको कुरा हो । मैले त एमालेसँगको एकता ‘एक देश एक कम्युनिस्ट पार्टी’अभियान नै चलाएको छु ।
गएको असारमा एमालेबाहेक माओवादीसँग एकता गर्ने भनेर पार्टी बैठकमा प्रस्तुत भयो । मैले त पार्टी कमिटी बैठकमा नै फरक मत नै राखेको हुँ नि ।
एमालेप्रतिको यत्रो विश्वास हुँदाहुँदै किन पार्टी फुटाउनु भएको त ?
सबै कुरा समय परिस्थितिले गर्छ । त्यस बेला त्यस्तै परिस्थितिको निर्माण भयो । अब एमालेसंग समाजवादी मिल्ले परिस्थिति आएको छ । एमाले बनाएकै मदन भण्डारी र हामीले हो । मनमोहन, मदन भण्डारीहरुकै छत्रछायामा पार्टी अघि बढ्यो । हामी पनि एमालेमा हुर्कियौँ । एमालेमा नै बढ्यौँ ।राजनीतिक जीवनमा मनमोहन र मदन भण्डारी त्याग्न सकिँदैन ।
अब एकीकृत समाजवादीको अवस्था के हुन्छ ?
अब पनि के हुनु छ र ? अन्तिममा एमालेसँग एकता हुन्छ। नेकपा एकीकृत समाजवादीले एमालेसंग एकता गर्नुको विकल्प छैन् ।
प्रतिक्रिया थप्नुहोस्