आत्मदाहको चेतावनी दिँदै हाइटेन्सन लाइनको पोलको टुप्पोमा पुगेका युवा ओर्लन मानेनन्

विराटनगर : सडकमा निर्माण भइरहेको रिटेनिङ वालको  गुणस्तर कमसल भएको विरोधमा एक लाख ३२ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको हाइटेन्सन लाइनको पोलको टुप्पोमा पुगेर  आत्मदाहको चेतावनी दिएका युवा तल ओर्लन मानेमा छैनन् ।

मोरङको बूढीगंगा गाउँपालिकाका ७, डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी सडकमा निर्माण भइरहेको रिटेनिङ वालको काम रोक्न माग गर्दै आज विहान ६ बजे देखि हाइटेन्सन लाइनको पोलमा चढेका हुन् ।

गाउँपालिकाका अध्यक्ष जितनारायण थापा आएर आफूसँग प्रत्यक्ष छलफल नगरुन्जेल पोलबाट नओर्लने उनको अडान छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी रन्जनकुमार दाहालले पोल क्षेत्रमा नेपाल प्रहरीले पहरा दिए पनि उनलाई झार्न जबर्जस्ती गर्ने अवस्था नरहेको बताए ।

माझीले गाउँपालिकाका अध्यक्षलगायत जनप्रतिनिधिले काम रोक्ने र गुणस्तरीय निर्माण गर्ने प्रतिबद्धतता जनाउनुपर्ने माग गरेका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै