काठमाडौंः जापानमा बस दुर्घटनामा २ जना नेपाली विद्यार्थीको मृत्यु भएको छ।
जापानको सेन्दाईस्थित सहरमा भएको बस दुर्घटनामा काभ्रेका नवराज तामाङ र युवराज थापाको मृत्यु भएको हो ।
थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा खराबी देखिएपछि स्थानीय समयअनुसार गएराति ८ः३० बजे मियागी प्रान्तको कुरीहारास्थित तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिएको थियो । तीव्र गतिमा पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
३९ जना नेपाली विद्यार्थी र एक जना बंगलादेशी विद्यार्थी सवार थिए। जसमा २ नेपाली र बस चालक गरी ३ जनाको मृत्यु भएको छ ।
बसलाई ठक्कर दिने ट्रकका चालक गम्भीर घाइते छन्।
प्रतिक्रिया थप्नुहोस्