काठमाडौंः ‘किड्स क्यापिटल नेपाल –२०२३’ को उपाधि जुनियरतर्फ दिप्शन चिलुवाल र इश्लिया गुरुङले जितेका छन् । सिनियरतर्फ सुहान पुन तथा मीमिक राना मगरले जितेका छन् ।
काठमाडौंको धुम्बाराहीस्थित दीया ब्याङ्क्वेटमा शुक्रवार सम्पन्न प्रतियोगितामा स्टेफेन आले तथा सुब्रि बस्नेले लिटिल प्रिन्स एण्ड लिटिल प्रिन्सेसको उपाधि जिते ।
प्रतियोगिताम केया बि श्रेष्ठले फस्ट रनर्सअप, छिरिङ डोल्मा शेर्पाले सेकेण्ड रनर्स अप, इभान्जेलिना आलेले थर्ड रनर्सअप, इम्प्रेसा तामाङले फोर्थ रनर्स अप तथा अग्रीम अधिकारीले फिप्थ रनर्स अपको उपाधि जिते ।
दिप्शन चिलुवाल तथा कृषा लामिछनेले मोस्ट पपुलर तथा दिप्शन चिलुवाल तथा छिरिङ डोल्मा शेर्पाले आईएई पे पब्लिक च्वाइस अवार्ड जित्न सफल भएका छन् ।
टच इन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल म्यानेज्मेन्ट तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको प्रतिभा तथा सौन्दर्य सम्बन्धि प्रतियोगितामा काठमाडौंका विभिन्न विद्यालयका ५ देखि १२ वर्ष उमेर समूहका २० जना बालबालिकाहरु सहभागी थिए।
प्रतियोगिताको निर्णायकमा कबिराज निरौला, बिना श्रेष्ठ, सबित बज्राचार्य, गोपाल ढकाल, प्रनिमा दाहाल, शिशिर खाति, कृष्ण श्रेष्ठ, विपिन खड्का तथा मिलेनियम तण्डकार शाह रहेका थिए ।
प्रतिक्रिया थप्नुहोस्