काठमाडौंः साताको चौथो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकले बढेको छ । बजार परिसूचक नेप्से १६.४९ अंकले बढेर १९५९.१२ अंकमा बन्द भएको छ। 

गत साताको मंगलबारदेखि बढ्न थालेको नेप्से आज ७ औं कारोबार दिनमा पनि लगातार वृद्धि भएको छ । सो अवधिमा नेप्से परिसूचक १४१.७८ अंक बढेको छ।

नेप्से बढेपनि आज कारोबार रकम घटेको छ । आज ३४ हजार ८४१ वटा कारोबारमा ४८ लाख ६५ हजार ४७५ कित्ता सूचीकृत धितोत्रप किनबेच हुँदा १ अर्ब ८७ करोड ३० लाखको कारोबार भएको छ । मंगलबार १४ फागुन २०७९ यताकै उच्च २ अर्ब २० करोडको कारोबार भएको थियो । 

कारोबारका आधारमा शिवम् सिमेन्टको १४ करोड ६५ लाखसहित शिर्ष स्थानमा रहेको छ । नेशनल लाइफको करिब ७ करोड ७५ लाख र हिमालयन डिस्टलरीको ५ करोड ८१ लाखको कारोबार भएको छ ।

यस दिन १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.६९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन होटल तथा प्रशोधन उपसमूहको परिसूचक करिब साढे ४ प्रतिशतबढेको छ भने लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

यसदिन कारोबार भएकामध्ये आत्मनिर्भर लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा युनिलिभर नेपालको सेयरमूल्य ९.९६ प्रतिशत र शिवम् सिमेन्टको सेयरमूल्य ६.७६ प्रतिशतले वृद्धि भएको छ । आज नेप्सेमा कुल २२१ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १३१ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ८३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ७ कम्पनीको सेयरमूल्य स्थिर छ ।

सानिमा इक्विटी फण्डको इकाइमूल्य सर्वाधिक ३.७७ प्रतिशतले घट्दा अजोड इन्स्योरेन्सको सेयरमूल्य .।६३ प्रतिशत र सुपरमाइ हाइड्रोपावरको सेयरमूल्य ३।४० प्रतिशतले घटेको छ । 
 
यो ख

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै