गोबिन्दराज ओझा 'राजन' । दिपायल सिलगढी नपा-२ दिपायल डोटी  

गीत 
आइबस ढुकढुकीमा... 

आइबस ढुकढुकीमा यो मनले तिमिलाई खोज्दै छ
स्वच्छ आकाशमा हेर्दा मन रमाएको छ
 
आकाशमा जुन तारा पनि हेरिरहन खोज्छु
किन हो किन मन खुसी भएको देख्छु
रातिको समय हो यो टुकी बाली बस
यो ढुकढुकी यो मनमा तिमि नै आएर बस
 
मात लाग्ने यो उमेरले नै हो की
बेहोस बेहोसमा हराए छु खोज्छौ कि
सम्हाल आज मलाई बैँस छल्किँदै छ
ढिलो नगर तिमिले रात ढल्किँदै छ
 
आइबस ढुक ढुकी मा तिमिलाई खोजेको छु
रात यो छिप्पिँदै छ मन खलबलाए छु !    

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै