काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो छापावाल सुन प्रतितोला १ लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख आठ हजार ३०० रुपैयाँमा करोबार भएको छ ।
यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर कारोबार भएको छ । चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया थप्नुहोस्