महावीर पुनको अनुरोध: झिंगाको बिउका लागि सम्पर्क गर्नुहोस्

काठमाडौंः राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुन झिंगाको बिउका लागि आफूलाई सम्पर्क गर्न अनुरोध गरेका छन् । 

उनले सामाजिक सञ्जालमार्फत झिंगाको बिउ चाहिनेहरुले राष्ट्रिय अविष्कार केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेका हुन् । 

ब्लाक सोल्जर फ्लाई नामक झिंगा पालेर विश्वका बिकसित मुलुंकहरुमा हरेक बर्ष करोडौं डलरको ब्यापार हुने बताउँदै उनले नेपालमा पनि यो झिंगा पालेर राम्रो आम्दानी गर्न सकिने बताएका छन् । 

बिगत २ बर्ष देखि राष्ट्रिय आविष्कार केन्द्रले त्यो झिंगाको बिउ र पाल्ने तालिम निशुल्क दिइरहेको उनले बताए । 

पुनले झिंगाको लार्भा बाट कुखुरा, माछा आदिको प्रोटिनयुक्त दाना बनाउन सकिने बताए । कुखुराको दानामा सो झिंगा २५ प्रतिशत जति मिसाएर खुवायो भने किसानलाई धेरै फाइदा पुग्ने उक्त झिंगा पालनको लागि उत्पादन खर्च एकदमै थोरै लाग्ने उनको भनाइ छ । 

महावीर पुनले सामाजिक सञ्जालमा दिएको जानकारी जस्ताको त्यस्तै

झिंगाको बिउ चाहिनेहरुले 9841592361 मा सम्पर्क गर्नु होला ।  सो बिउ र पाल्ने तालिम निशुल्क पाइन्छ । हाँस्न चाहनेहरु मज्जाले हाँस्नु होस ????????अनि  राष्ट्रिय आविष्कार केन्द्रले झिंगाको आविष्कार गरेछ भनेर नउड़ाउनु होला । यहाँ भनिएको झिंगाको नाम ब्लाक सोल्जर फ्लाई हो र विश्वका बिकसित मुलुंकहरुमा  यो झिंगा पालेर हरेक बर्ष करोडौं डलरको ब्यापार गर्छन । त्यसको लार्भा बाट कुखुरा, माछा आदिको प्रोटिनयुक्त  दाना बनाउछन् ।

राष्ट्रिय आविष्कार केन्द्रले चितवनको रामपुर स्थित कृषि तथा बन बिज्ञान बिश्वबिद्यालयको एउटा टिमलाई आज भन्दा ४ बर्ष पहिले अनुसन्धान गर्न ९ लाख रुपैंया जति  सहयोग गरेको थियो । सो टिमले अनुसन्धान र सफलता पुर्बक परीक्षण गरेको थियो । तर अनुसन्धान पछि सो टिमले लामो समय काम गरेनन ।

बिगत २ बर्ष देखि  राष्ट्रिय आविष्कार केन्द्रले त्यो झिंगाको बिउ निशुल्क  वितरण गरि रहेको छ । कुखुराको दानामा सो झिंगा २५ प्रतिशत जति मिसाएर खुवायो भने किसानलाई धेरै नै फाइदा हुन्छ । सो झिंगा पालनको लागि उत्पादन खर्च भनेको एकदमै थोरै छ किन भने झिंगाले पानी मात्र खान्छ र कुनै दाना दिनु पर्दैन । अनि लार्भाले  फोहर मैला मात्र खान्छ । त्यो फोहर मैलालाई कम्पोष्ट मल पनि बनाई दिन्छ । तलको भिडियो हेर्नु होला ।????????????

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै