नक्कली भुटानी शरणार्थी प्रकरणमा परेकाहरुको बयान न्यायाधीश न्यौपानेको इजलासमा हुने 

 काठमाडौंः नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरूको आजदेखि बयान सुरू हुँदैछ । 

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा उनीहरुको बयान हुने भएको छ । आज काठमाडौं जिल्ला अदालतमा उनीहरूको बयान लिन लागिएको हो ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले पक्राउ परेका १६ सहित ३० जनाविरुद्ध विभिन्न ५ वटा कसुरमा बुधबार अदालतमा मुद्दा दायर गरेको थियो । तीमध्ये प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । १४ जना फरार छन् ।

बयान सकिएपछि मात्र थुनछेक बहस सुरू हुनेछ । सरकारी वकिल र १६ जना प्रतिवादीका कानून व्यवसायी बहसमा सहभागी हुनेछन् । 

एकजना प्रतिवादीको बयान गर्न कम्तीमा पनि २–३ घण्टा लाग्नेछ । 

यो प्रकरणमा सचिव, सांसद, पूर्वगृहमन्त्रीजस्ता प्रतिवादी भएका कारण एकै प्रतिवादीले धेरै जना कानूनी व्यवसायीलाई बहसमा उतार्न सक्ने सम्भावना छ।

बहस सुनिसकेपछि न्यायाधीशले साधारण तारेख, धरौटी माग्ने र कारागार चलान गर्नेमध्ये एउटा आदेश गर्नेछन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै