एमालेकाे नाराबाजीपछि प्रतिनिधिसभाको बैठक २० मिनेटका लागि स्थगित

काठमाडौंः नेकपा एमालेले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक २० मिनेटका लागि स्थगित भएको छ । 

आजको बैठकमा माओवादी सांसद लेखनाथ दाहालले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिमा चढाइएको जलहरी सुनको भनेर पित्तलको हालेर भ्रष्ट्राचार गरेको आरोप लगाएपछि एमाले सांसदहरुले नाराबाजी गरेका थिए । 

सभामुख देवराज घिमिरेले पटक–पटक नाराबाजी रोक्न आग्रह गरेका थिए ।

तर एमाले सांसदहरुले ओलीमाथि लगाएकाे आरोप  संसदको रेकर्डबाट हटाउनु पर्ने माग राखेर लगातार नाराबाजी गरेपछि  सभामुखले २० मिनेटका लागि बैठक स्थगित भएको जानकारी गराए । 

 

 

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै