नवलपरासीः नवलपरासी पश्चिममा एक दम्पतीको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।
प्रतापपुर गाउँपालिका– ८ पथलहनी बस्ने ५५ वर्षका तिलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको सोमबार राति हत्या भएको हो ।
पथलहनीको बैरिहवामा घर भएका उनीहरु गाइवस्तुको रेखदेख गर्न गोठमा सुत्न गएका थिए । सोही समयमा टाउकोमा धारिलो हतियार प्रयोग गरी उनीहरुको हत्या भएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया थप्नुहोस्