काठमाडौंः साताको तेस्रो कारोबारको दिन आज सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ ।
आज नेप्से २५.६६ अंकले बढेर १९२७.६५ अंकमा बन्द भएको छ ।
नेप्सेमा वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । आज ३६ हजार ११८ वटा कारोबारमा ५५ लाख ४१ हजार ८७८ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ९८ करोड १० लाखको कारोबार भएको छ ।
कारोबार रकमका आधारमा सोल्टी होटल करिब ९ करोड ६९ लाखसहित शिर्ष स्थानमा रहेको छ । यस्तै, शिवम् सिमेन्टको करिब ९ करोड १८ लाख र अपर तामाकोशी हाइड्रोपावरको ८ करोड ५७ लाखको कारोबार भएको छ ।
यसदिन कारोबारमा आएका सबै उपसूचकमा वृद्धि भएको छ । होटल तथा पर्यटन उपसूचक सर्वाधिक ५.६७ प्रतिशतले वृद्धि हुँदा निर्जीवन बीमा उपसूचक ४.६४ प्रतिशत र हाइड्रोपावर उपसूचक ३.५५ प्रतिशतले वृद्धि भएको छ ।
१८५ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै ३१ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ४ कम्पनीको सेयरमूल्य स्थिर छ ।
आज कारोबार भएकामध्ये न्यादी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.८५ प्रतिशतले वृद्धि हुँदा सनराइज फोकस इक्वीटी फण्डको इकाइमूल्य ९.२४ प्रतिशत र सोल्टी होटलको सेयरमूल्य ८।७५ प्रतिशतले वृद्धि भएको छ ।
यता मनाकामना स्मार्ट लघुवित्त,गोर्खाज फाइनान्स,सपोर्ट माइक्रो फाइनान्सको सेयरमूल्य घटेको छ ।
प्रतिक्रिया थप्नुहोस्