योगेश वैद्य
यस महीनामा हामी हाम्रो प्रिय गायक प्रेमध्वजजीको हर्षोल्लासका साथ शुभ जन्मदिन उत्सवको रुपमा मनाउंथ्यौं । दुई वर्ष अघि हाम्रो ठूलो दुर्भाग्य कि अचानकको विमारीले प्रेमध्वजजीलाई शिघ्र उपचारार्थ अस्पतालमा लगिनु पर्यो र भर्ति गरिनु पर्यो ।
मलाई उहाँले अस्पतालबाट फोन गर्नु भो 'म यहाँ भ्याली हस्पितलमा आइपुगें, मलाई कोभिडको शंका गरिएको छ , एक दुई दिन बस्नु पर्ला !'त्यसपछि पनि विच(विचमा जानकारी दिंदै गर्नुभयो । तर उहाँ वित्नु एक दिन अघि अचानक आत्तिएको आवाजमा साँझतिर उहाँले फोन गर्नु भयो र अलि निराशको टोनमा भन्नु भो,'खोइ मलाई त आइसीयूमा लैजाने भन्छन्!' मैले आत्तीन नदिन सम्झाउँदै भने 'धन्दा लिनु पर्दैन, आईसीयूमा त झन राम्रो सघन उपचार र हेरचाह हुन्छ !'यसको कुनै जवाफ आएन । भोलीपल्ट मननै हल्लाउने गरी दुःखको हृदयविदारक खवर आयो - हाम्रो प्रेमध्वजजी रहनु भएन हामी सवैलाई छोडी वहाँ अनन्त यात्रामा हिड्नु भयो । यो दुस्खको खवरले सारा संगीतप्रेमीहरुमा रुवावासी चल्यो ।
एक सच्चा महान कलाकारको दुस्खद् अस्तले नेपाली संगीतको स्वर्णिम युगको नै अन्त भयो । पून्यात्माले अनन्त शान्ति पाउंन यही प्रार्थना छ !
आज २०८० साल ज्येष्ठ २७ गते वहाँको सस्मरण र ससम्मान प्रतिस्थापित 'गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान' द्वारा वहाँको ८७औं जन्मदिनलाई प्रथम जन्मजयन्तिको रुपमा मनाउँदै छ।
प्रेमध्वज स्मृति राष्ट्रिय संगीत सम्मान ,प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय वाद्य वादन सम्मान र प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय युवा संगीत पुरस्कार क्रमशस् प्रसिद्ध गीतकार किरण खरेल, प्रसिद्ध सितार वादक तारावीर सिं तुलाधर र लोकप्रिय गायिका मिलन नेवारलाई सम्मान तथा पुरस्कार वितरणको लागि पहिलो पटक एक विशेष समारोह आयोजना गर्दैछ । जनता माझ लोकप्रिय स्वर्णिम गायक प्रेमध्वज प्रधान सदा अमर रहने छन् ! यो आकाश र धरती रहुञ्जेल सम्म वहाँका मधुर गीतहरु सदा गुञ्जिरहने छन् !
(सन्दर्भ:प्रेमध्वज प्रधानको ८७ औं जन्मजयन्ती)
प्रतिक्रिया थप्नुहोस्