कतारी राजा (अमिर) शेख तमिम बिन हमाद अल थानीले इस्लाम समुदायको महान पर्व इद उल अधा को उपलक्ष्यमा लुसैल दरबारमा कतारस्थित कुटनैतिक नियोगका नियोग प्रमुखहरूसंग शुभकामना आदानप्रदान गरेका छन् ।
उक्त अवसरमा कतारका लागि नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णकुमार सुवेदीले नेपाल सरकार , नेपाली जनता र व्यक्तिगततर्फबाट अमिर एवं कतारी जनताको सुख, शान्ति र सम्बृद्दिको कामना गरे ।
यसैगरी इद उल अधाको उपलक्ष्यमा आजै कतार सरकारका सम्माननीय प्रधानमन्त्री मोहमद बिन अब्दुलरहमान बिन जसिम अल थानीले पनि कतारस्थित कुटनैतिक नियोगका नियोग प्रमुखहरूलाई शुभकामना आदानप्रदान गरेका थिए।
कार्यवाहक राजदूत सुवेदी नेपाली साहित्यमा कृसु क्षेत्रीका नामले प्रसिद्ध छन् । उनी कविता, गीत , गजलमा लोकप्रिय मानिन्छ । उनी विलयन लेखनका प्रवर्तक समेत हुन ।
प्रतिक्रिया थप्नुहोस्