काठमाडौंःकतारका लागि नेपाली कार्यवाहक राजदूत कृष्णकुमार सुवेदीले त्यहाँका राजा (अमिर)सँग शिष्टाचार गरेका छन्। इस्लाम समुदायको महान पर्व ‘इद अल अधा’का अवसरमा शुभकामना आदानप्रदान गर्ने क्रममा उनले कतारका अमिर शेख तामिम बिन हमाद अल थानीसँग शिष्टाचार भेट गरेका छन्।
सो अवसरमा आफूले नेपाल सरकार, नेपाली जनता र आफ्नो व्यक्तिगततर्फबाट कतारी जनता, अमिरको सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेको कार्यवाहक राजदूत सुवेदीलेले जानकारी दिए । इदका अवसरमा अमिर थानीले कूटनीतिक नियोगका प्रमुखहरूसँग भेटवार्ता एवं शुभकामना आदानप्रदान गर्दै आएका छन्।
त्यसैगरी कतारका प्रधानमन्त्री मोहम्मेद बिन अब्दुलरहमन बिन जास्सिम अल थानीले पनि कतारस्थित कूटनीतिक नियोगका प्रमुखहरुसँग शुभकामना आदानप्रदान गरेका थिए ।
कार्यवाहक राजदूत सुवेदी नेपाली साहित्यमा कृसु क्षेत्रीका नामले प्रसिद्ध छन् । उनी कविता, गीत , गजलमा लोकप्रिय मानिन्छ । उनी विलयन लेखनका प्रवर्तक समेत हुन ।
प्रतिक्रिया थप्नुहोस्