एनआरएनए बेल्जियममा आइतबार चुनाव हुँदै ,धमला र सापकोटाबीच प्रतिस्पर्धा 

काठमाडौं:गैरआवासीय नेपाली संघ (एनआरएनए)बेल्जियममाको  आइतबार चुनाव हुँदै छ ।  चुनावी मैदानमा तीर्थराज धमला र सीता सापकोटाबीच प्रतिस्पर्धा हुने  भएको छ । अन्य पदमा सर्वसम्मत  भए पनि अध्यक्ष पदमा सहमति जुट्न नसकेपछि आइतबार चुनाव हुने भएको हो । 


निर्वाचन समितिका अनुसार दुई जनाको उम्मेदवारी परेसँगै आइतबार बेल्जियमका विभिन्न ५ सहरमा बुथ राखेर मतदान सञ्चालन गरिनेछ । निर्वाचनको पूर्वसन्ध्यामा दुवै उम्मेदवारहरू आफ्नो पक्षमा माहौल बनाउन हरतरहले जुटेका छन् । 

धमला वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा छन् ।  यसअघिको कार्यकालमा महासचिव भएर काम गरेको अनुभव सम्हालेका उनी नेपाली समुदायलाई एक बनाएर अघि लैजाने प्रमुख एजेन्डा रहेको बताउँछन् ।  

यस्तै सापकोटा ‘अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन महिला नेतृत्वलाई मतदान सबैको साझा एनआरएनए’ भन्ने नाराका साथ चुनावी मैदानमा होमिएकी छन् । नेपाली जनसम्पर्क समिति हुँदै एनआरएनए बेल्जियम अध्यक्षको प्रत्यासीको रूपमा आफूलाई उभ्याएकी सीता नेतृत्वमा आउन सके समुदायका लागि केही न केही अवश्य राम्रो गर्ने बताउँछिन् ।
आरएनए बेल्जियममा २ हजार ५७३ मतदाता रहेका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै