काठमाडौँ : साउन १ गतेदेखि सबै  विदेशी च्यानल बन्द हुने भएको छ । सूचना तथा प्रसारण विभागले साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने जनाएको छ ।विभागले विज्ञप्ति निकालेर ‘आलाकार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम च्यानलहरूको प्याकेजहरू प्राप्त नभएले बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ ।

भारतीय सशुल्क अर्थात पे टिभी च्यानल प्रसारक संस्थाहरूले नेपालको ‘ आलाकार्ट ’ प्रणाली लागू गर्न सहयोग नगरेको सरकारको आरोप छ । 
आलाकार्ट शुल्क प्रणाली भनेको उपभोक्ताले आफूले हेर्न चाहेको च्यानलको मात्र शुल्क तिर्ने प्रणाली भएकोले यो उपभोक्तालाई हित हुने प्रणाली हो । यो प्रणाली छिमेकी देश लगायत विश्वका धेरै मुलुकमा प्रचलनमा छ । 

भारतीय च्यानलहरूको छाता सङ्गठन इण्डियन ब्रोडकास्टिङ एण्ड डिजिटल फाउन्डेसनले सूचना तथा प्रसारण विभागलाई पत्राचार गर्दै च्यानलहरूको प्याकेज बनाएर छुट्टाछुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने जानकारी गराएको थियो । तत्पश्चात् विभागले आफ्नो अडानमा कायम रहँदै  विदेशी च्यानलको प्रसारण रोकिने अवस्था आएको जनाएको हो ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै