काठमाडौं : नेपालमा पहिलोपटक २०७७ मा देखिएको लम्पी स्किन देखिएको लम्पी स्किन संक्रमणबाट ४८ हजार १३३ चौपाया मरेका छन् । भने साढे १० लाख चौपाया संक्रमित भएका छन् । गाइभैँसी गोरु हुँदै पछिल्लोपटक हिमाली क्षेत्रमा पालिएका याकमा समेत यो संक्रमण पुष्टि भएको छ ।
०७९ चैतयता गाइभैँसीमा महामारीको रूपमा फैलिरहेको लम्पी स्किनबाट साढे १० लाख चौपाया संक्रमित भएका छन् । पशु सेवा विभागको तथ्यांकले चैतयता साउन ४ गतेसम्म १० लाख ५४ हजार ५५ पशु संक्रमित भएको बताएको छ ।
यस अवधिमा लम्पी स्किन संक्रमणबाट ४८ हजार १३३ चौपाया मरेका छन् । संक्रमितमध्ये सात लाख ६८ हजार ६४१ पशु निको भएको र दुई लाख ३७ हजार २८१ चौपायाअहिले पनि संक्रमित रहेको विभागको तथ्यांक छ ।
सातै प्रदेशका ७७ जिल्लामा संक्रमण फैलिएकोमा सबैभन्दा बढी सुदूरपश्चिम प्रभावित भएको छ । विभागको तथ्यांक अनुसार सुदूरपश्चिमका तीन लाख ९ हजार पशु संक्रमित भएका छन् भने २५ हजार ६०१ चौपाया मरेका छन् ।
कोसी र कर्णाली प्रदेश पनि लम्पी स्किनबाट बढी प्रभावित भएका छन् । कर्णालीमा दुई लाख १७ हजार १३५ चौपायामा संक्रमण देखिएको छ भने ६ हजार ७४१ पशु मरेका छन् । त्यस्तै, कोसीमा दुई लाख १४ हजार ६४५ चौपाया संक्रमण देखिएकोमा ४ हजार ८१४ पशु मरेका छन् । लुम्बिनी प्रदेशमा पनि चारहजार चौपायालम्पी स्किन संक्रमणबाट मरेका छन् ।
प्रतिक्रिया थप्नुहोस्