काठमाडौं : औषधी आयात निर्यातमा लामो अनुभव प्राप्त  गरेको मेडम्याक्स फर्मा प्रालिले लामखु लामखुट्टे  नाशक जैविक विषादी नेपाली बजारमा ल्याएको छ । ब्याक्टो पावर नामक उक्त विषादी ब्याक्टो पावर प्रालि भारतले उत्पादन गरेको हो । 
उक्त बिषदीले  डेंगु , मलेरिया , चिकन्गुनिया,फिलारिया तथा जीवाको लर्भा र प्युपा नष्ट गर्ने दावी मेडम्याक्सले  गरेको छ । 
मेडम्याक्सका अनुसार “उक्त बिषदी प्रयोगका लागि विश्व स्वास्थ्य संगठनले परीक्षण गरेर सर्वसाधारणको प्रयोगका लागि  अनुमति दिएको छ । भने नेपाल सरकार कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्रले पनि उक्त बिषद िनेपालली बजारमा बिक्रिवितरण गर्न अनुमति दिएको छ । भारतमा  उत्पादित उक्त बिषदी प्रगोगका लागि  भारत सरकार स्वास्थ्य तथा परिवार स्वास्थ्य मन्त्रालय , स्वास्थ्य सेवा महानिर्देशनालय समेतले पनि बिक्रिवितरणका गर्न अनुमति दिएको छ ।” 
यसको प्रयोगले मानव स्वास्थ्य र जीवजन्तुको स्वास्थ्यमा नकरात्मक असर नपर्ने यो बिषदी नेपालका हेरक औषधी र खाद्यान्न पसलहरुमा पाइने मेडम्याक्सले बताएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै