काठमाडौं: ईन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो स्थापनाको चौधौं वार्षिकोत्सव मनाएको छ ।
१४ बर्षको यस व्यवसायिक यात्रामा महत्वपूर्ण योगदान पुर्याउने सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद दिंदै आगामी दिनहरुमा पनि सोही प्रकारको सहयोग, सद्भाव, र मार्गनिर्देशनको अपेक्षा गरेको कम्पनीले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सन् २००९ मा स्थापना भएको यस कम्पनीले हाल देशभरिका ७४ जिल्लाहरुमा १०० वटाभन्दा बढी आउटलेट बाट सेवा प्रदान गर्दै आएकाे र कम्पनीले ग्राहकहरुको सुविधाको लागि आफनै CDN सर्भर जडान गरिफेसबुक ,युट्युब , नेटफ्लिक्स , गूगल , अकमाई ,जस्ता सामाजिक संजालहरु मार्फत गुणस्तरीय तथा भरपर्दोसेवा प्रदान गर्ने गरेको कम्पनीले बताएकाे छ ।कम्पनीले विराटनगर र काठमाण्डौंमा Data backup center स्थापना गरेको जनाएको छ ।
त्यस्तै सेवा विस्तारको माध्यमबाट दुर्गम ग्रामीण ईलाकामा पनि सुपथ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सेवा प्रवाहबाट सेवाग्राहीहरुलाई आवश्यक ईन्टरनेट सेवा प्रदान गर्दै प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीको सिर्जना गरेर राजस्व मार्फत देशको अर्थतन्त्रलाई टेवा पुर्याउन सहयोग गर्ने कम्पनीको दीर्घकालीन लक्ष्य गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कम्पनीले समय समयमा अत्याधुनिक नयाँ प्रविधीहरु भित्र्याउदै आईरहेको र डुअल ब्याण्ड राउटर र IPTV जस्ता प्रविधिको प्रयोगबाट सेवामा थप गुणस्तरीयता थपिएको बताएको छ ।
कम्पनीको १४ औं बार्षिकोत्सवको अवसरमा ५०, ७५, १००, २०० र ३००Mbps ईन्टरनेट प्लानहरु अत्याधिक छुटमा वितरण गरेकाे कम्पनीले बताएकाे छ।
प्रतिक्रिया थप्नुहोस्