काठमाडौंः ‘किड्स क्यापिटल नेपाल –२०२३’ को विजेता दिप्शन चिलुवालले अभिनय गरेको गीत ‘फस्दै गएछु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको अतिथ्यमा बिहीबार काठमाडौंमा भब्य कार्यक्रममार्फत गीत सार्वजनिक गरिएको हो ।  डिपी खनालको शब्द र गायक सुमन केसीको स्वरमा रहेको गीतको म्युजिक भिडियोमा बालकलाकार चिलुवालाई आश्रिया थापाले साथ दिएकी छन् । साथै गीतमा स्वराज गराच र साक्षी लम्सालले अभिनय गरेका छन्।

कृष्ण श्रेष्ठले निर्देशन गरेको गीतको भिडियो निर्मातामा दिपेन्द्र चिलुवाल र सजना केसी रहेका छन् । भिडियोको सम्पादन मनोज कार्कीले गरेका छन्।‘किड्स क्यापिटल नेपाल –२०२३’ को मोस्ट पपुलर र आईएई पे पब्लिक च्वाइस अवार्ड समेत जितेका चिलुवालले यसअघि बैंक लगायतका विज्ञापनमा अभिनय गरेका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै