काठमाडौं : महिलाहरुको महान चाड हरितालिका (तीज)नजिकिएसंगै तीजका गीतहरु बजारमा आउनेक्रम जारी छ । यसै सन्दर्भमा गायिका मीन बेलवासेले 'माइतीको झल्कोले' बोलको तीज गीतको म्युजिक भिडियो बजारमा ल्याएकी छिन् ।
अभिनव चौहानको लय तथा शब्दमा मीनाले स्वर भरेकी हुन । विष्णु भट्टराईको छायांकन् , सम्पादन तथा निर्देशन रहेको उक्त भिडियो मा विपना भुसाल , मनिषा खनाल, कल्पना पाण्डे , बिपि घिमिरे , आविष्कार आचार्य र रमेश भुसालले अभिनय गरेका छन् ।
गीतले माइतीको महत्वको वर्णन गरेको छ । उक्त गीतको म्युजिक भिडियो मीना बेलवासेको अफिसियल यूट्युव च्यानलबाट हेर्न सकिन्छ ।
प्रतिक्रिया थप्नुहोस्